देश देश चलाउने कुरा ख्यालठट्टा होइन : अध्यक्ष ओली

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएका छन्  ।

बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका हुन्  ।

उनले भने, ‘देश बर्बाद पारिँदै छ । देशको  अस्तित्व खतरामा छ । देशको अस्तित्व  जोगाउन, देशलाई बर्बादीमा जान नदिन भ्रष्टाचारलाई रोक्नुपर्छ । गृहमन्त्रीले  विभिन्न व्यक्तिहरुलाई बोलाएर फलाना–फलानाका विरुद्ध उजुरी र निवेदन हाल्नुस् भनेर माग गर्नुभएको छ । पासपोर्ट रोक्का गर्ने रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?’
साथै उनले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छाड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *