कांग्रेसमा कार्यवाहक सभापति तोक्न देउवालाई शशाङ्कको सुझाव

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्य समिति तत्काल विघटन गरी कार्यवाहक सभापतिको जिम्मेवारी अरूलाई सुम्पन सुझाव दिएका छन् ।

शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले महाधिवेशनको मिति तय गर्न सहज वातावरण बनाउन सभापति देउवाले कार्य समिति विघटन गरी नयाँ नेतृत्वलाई जिम्मेवारी दिनुपर्ने बताए ।

‘मैले सभापतिज्यूलाई मेरो व्यक्तिगत राय राखेँ- कार्य समिति विघटन गरेर एक जनालाई कार्यवाहक सभापति तोक्नुस्,’ कोइरालाले भने, ‘त्यसपछि नयाँ समिति गठन होस् र महाधिवेशनको मिति तय होस् । मलाई विश्वास छ, मङ्सिरसम्ममा महाधिवेशनको मिति तय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *