चिनिया नागरिकसँग मिलेमताेमा महराले संगठित सुन चोरी पैठारी गरेको अभियोग (अभियोग पत्रसहित)

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

दायर हुद्दा अनुसार महराले आफ्नो उच्च राजनीतिक पद र प्रभावको दुरुपयोग गर्दै चिनियाँ नागरिक दावाजिन वाङसँगको मिलेमतोमा संगठित रूपमा सुनको चोरी पैठारी गरेको आरोप छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनले कृष्णबहादुर महराको यस प्रकरणमा संलग्नता औंल्याएको थियो । प्रतिवेदनका साथै महरा र दावाजिन वाङबीच विभिन्न मितिमा भएका फोन सम्पर्क तथा भेटघाटलाई समर्थन गर्ने कल डिटेल र विभिन्न व्यक्तिका बयानलाई पनि अभियोग पत्रमा मुख्य प्रमाणका रूपमा प्रस्तुत गरिएको छ ।

अभियोग पत्रमा महराका छोरा राहुल भन्ने रेशम महराको पनि यस प्रकरणमा सक्रिय संलग्नता रहेको दाबी गरिएको छ । भेप छुटाउनका लागि राहुलले तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन सम्पर्क गरेको व्यहोरा पनि खुलाइएको छ । प्रहरी प्रतिवेदन, जाँचबुझ आयोगको प्रतिवेदन, विभिन्न व्यक्तिका बयान, कल डिटेल्स र परिस्थितिजन्य प्रमाणको विस्तृत विश्लेषणपछि महराको संगठित अपराधमा संलग्नता पुष्टि भएको निष्कर्ष अभियोगमा लगाइएको छ ।

महरालाई भन्सार ऐन, २०६४ को दफा ५७ (१) तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ (१), (२) र (३) (क) बमोजिम कसूर गरेको ठहर गरिएको छ । अभियोग पत्रमा उल्लेखित बिगो बराबरको जरिवाना र प्रचलित कानूनबमोजिम तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *