हमासद्वारा विपिन जोशीको मृत्यु भएको पुष्टि

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

गाजा । हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासको सशस्त्र शाखा अल-कसम ब्रिगेड्सले जारी गरेको विज्ञप्तिमा मृतक बन्दीहरूको पहिचान गाय इलुज, योसी शाराबी, विपिन जोशी र ड्यानियल पेरेजका रूपमा गरिएको छ ।

 

अल९कसम ब्रिगेड्सले सोमबार चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ । विज्ञप्तिअनुसार, ती शवहरू हस्तान्तरण गरिनेछ । यो कदम इजरायल र हमासबीचको सम्झौताको एक हिस्साको रूपमा आएको हो, जसअनुसार इजरायलले प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्नेछ ।

यसअघि हमासले गाजामा रहेका सबै २० जना जीवित बन्दीहरूलाई रिहा गरिसकेको दाबी गरेको छ । तर, केही मृत इजरायली बन्दीका अवशेषहरू अझै हमासको नियन्त्रणमा रहेको बताइएको छ । इजरायली अधिकारीहरूले यो सम्झौताअन्तर्गत हमासले फेला परेका मृतक बन्दीका शवहरू फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *