आफ्ना लागि खाल्डो खन्नेहरू त्यही पुरिने- सभापति लामिछाने

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना लागि खाल्डो खन्नेहरू त्यही पुरिने बताएका छन् ।

पार्टीको राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले ठुला दलका शीर्ष नेताहरूप्रति तीव्र कटाक्ष गरेका थिए।
आफूमाथि लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको संज्ञा समेत दिए ।

उनले भने,’मलाई मात्र साढे ६ फिटको खाल्डो खन्ने हो भनेर भनेका थिए होला, तर अब तपाईँहरूलाई पनि यति ठूलो खाल्डो खन्नैपर्ने भयो-नखनी सुखै छैन जस्तो छ १’

 

‘पुराना राजनीतिक दलहरू परिवर्तनलाई स्वीकार गर्न अप्ठ्यारो परेको देखिएको छु । उहाँहरूलाई म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । आफ्नो असक्षमतालाई स्विकार्नोस् । मूलक अत्यन्तै जर्जर अवस्थामा पुगिसकेको छ । कुशासनको चपेटामा परेर मुलुकलाई यो अवस्थामा पुर्‍याउनुभयो । थप जोडबल नगर्नोस् । योभन्दा बढ्ता प्रतिगमनको समपना नदेख्नोस्’, उनले भने, ‘अपदस्तको पराकाष्ठा भइसकेको छ । योभन्दा पर नजानोस् । निर्वाचनमा मुलुकलाई सहज रूपमा जान दिनोस् । फेरि चलखेल नगर्नोस् । हात लम्काउने चम्काउने नगर्नोस् । निर्वाचनमा जनताले मत जायर गर्छन् । हामीले नयाँ इतिहास रच्नुछ ।’

 

देशले पाएको पटक पटकको अवसरलाई केही अवसरवादीले खतम पारेका लामिछानेले आरोप लगाए । जनतालाई साक्षी राखेर आफूहरूले मुलुकलाई अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

उनले आज रास्वपा ऐतिहासिक मोडमा उभिएको भन्दै पार्टी देशभर फैलिएको बताए। उनले पार्टी अब बसैको लाभको लागि भन्दापनि देशको लागि खर्च गरिने बताए।

उनले भने, ‘के पाउँछु भनेर बैठक बस्ने होइन, के दिने भनेर बैठक बस्दा सफल हुन्छ। त्याग गर्नेहरूको सूची बनाउँदा पहिलो नम्बरमा मेरो नाम हुने कुरा दर्ज गराइसकेको छु। नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने प्रयास जारी नै छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *