नेपाल शैक्षिक परामर्श संघमा ( इक्यान )पौडेल समूहको प्यानल सार्वजनिक

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ लाई लक्षित गर्दै लक्ष्मण पौडेल नेतृत्वको समूहले उम्मेदवार घोषणा गरेको छ ।

शनिबार ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आयोजित कार्यक्रममा पौडेल समूहले आफ्नो प्यानल सार्वजनिक गरेको हो । समूहबाट इक्यानको अध्यक्ष पदमा लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष पदका लागि गीता शिवाकोटी, वासुदेव दाहाल र पुष्पराज भट्टराई उम्मेदवार घोषित भएका छन् । यस्तै, महासचिवमा नवराज केसी, सचिवमा एल।बी। तामाङ (गोले) र भूपाल केसीको उम्मेदवारी रहेको छ ।

कोषाध्यक्ष पदका लागि साधना पुडासैनी, सह कोषाध्यक्ष पदमा भीमबहादुर थापा उम्मेदवार बनेका छन् । सदस्य पदमा दिनेश पौडेल, भेषराज राय (भीष्म), प्रभात पौडेल र शिवप्रसाद अर्यालले उम्मेदवारी दिएका छन् ।

उम्मेदवार घोषणा कार्यक्रममा पौडेल नेतृत्वको समूहले इक्यानलाई अझ सक्षम, पारदर्शी र व्यवसायमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिवध्दतामा संस्थाको आयव्यको पारदर्शिता गर्ने , आर्थिक रुपमा इक्यानलाई मजवुत वनाउने । सूचनाको पारदर्शिता कायम गर्न सवै सदस्यविच संस्थागत सम्पर्क कायम गर्ने । छ महिना भित्र केन्द्रिय कार्यालयको हालको भौतिक संरचना परीवर्तन गरी सदस्यहरुलाई तालिम सम्म दिने गरीको बातावरण निर्माण गर्ने , डिजिटल इक्यान स्थापना गर्ने नीता प्रतिवध्दता जाहेर गरेका छन् ।
अध्यक्ष पदमा उम्मेद्वारी दिएका पौडेलले इक्यान संस्था मात्र नभई एउटा परिवार जस्तो भएको बताएका छन् ।
‘इक्यान मेरो लागि संस्था मात्रै होइन, यो परिवार हो । मैले यो क्षेत्रलाई मेरो जिवनको हिस्सा बनाएको दुई दशक भन्दा बढी भयो । आज म जे छु त्यसमा यो क्षेत्रको ठूलो भूमिका छ उनले भने

इक्यानको ८ वटा शाखा, ७ सय भन्दा बढी सदस्यहरु रहेको यो संस्थामा मेरो यात्रा गाँसिएको उनले बताए ।
उनले अब संस्थाको उद्देश्य अव्यवस्थित क्षेत्रलाई व्यवस्थित, मर्यादीत र सम्मानित बनाउनु रहेको बताए । व्यवसाय सुरु गर्दा अनुमति, स्वीकृति र नविकरणका प्रक्रिया, सञ्चालन गर्दा उजुरी, गुनासो र निवेदनको व्यवस्थापनमा इक्यानको भूमिका आवश्यक हुने उनले उल्लेख गरे ।

उनले भने, ‘अब हाम्रो लक्ष्य अव्यवस्थितलाई व्यवस्थित मात्र होइन, मर्यादीत र सम्मानित बनाउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *