काठमाडौं । विश्व हिन्दु युवा संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको आयोजनामा “शिबगोरक्ष–पृथ्वीनारायण शाह र गोर्खा साम्राज्य” विषयक विचार गोष्ठी सम्पन्न भएको छ।

पृथ्वी जयन्तिको अवसरमा यही पौष २७ गते गोरक्षपीठ, मृगस्थली काठमाडौंमा आयोजित उक्त गोष्ठी इतिहास, दर्शन, राष्ट्रनिर्माण र समकालीन विमर्शलाई एउटै मञ्चमा समेट्ने उद्देश्यले आयोजना गरिएको हो। गोष्ठीमा गोर्खा साम्राज्यको ऐतिहासिक यात्रा, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राष्ट्रनिर्माण दृष्टि तथा यसको समकालीन अर्थ र प्रभावबारे गहन छलफल तथा बहस गरिएको थियो।
कार्यक्रममा प्रा. डा. विद्यानाथ कोइराला, सह–प्राध्यापक डा. डिल्ली निरौला, अर्थविद् डा. शम्भु पोखरेल, गुठी अभियन्ता अधिवक्ता अनिस बैद्य, केदार ढकाल, कोमल पौडेललगायत विभिन्न क्षेत्रका विज्ञ, अध्येता, अभियन्ता र विश्लेषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गोष्ठीमा पृथ्वीनारायण शाहको राजनीतिक दर्शन, सांस्कृतिक एकीकरणको अवधारणा, आर्थिक आधार, गुठी व्यवस्था, धर्म–संस्कृतिको भूमिका तथा वर्तमान राष्ट्रराजनीतिसँग यसको सम्बन्धमाथि बहुआयामिक छलफल भएको आयोजक संस्थाका अध्यक्ष ऋषिकेश जंग शाहले जानकारी दिए। उनका अनुसार इतिहासलाई केवल अतीतको विषय नभई वर्तमान र भविष्यको मार्गदर्शकका रूपमा बुझ्न यस्तो गोष्ठी महत्वपूर्ण छ।
विचार गोष्ठीमा वक्ताहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान, नीति, जीवनी तथा दिव्य उपदेशमा उल्लेखित मार्गदर्शनलाई अनुसरण गर्न सके देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र राष्ट्रियता सदा अक्षुण्ण राख्न सकिनेमा जोड दिएका
