जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गर्दै

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौँ ।  जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गर्न लागेको छ ।

दिउँसो २ बजे राजधानीको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्न लागिएको अभियानका नेता ओम शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अभियानका नेताहरूले सम्बोधन सहित आगामी योजना सार्वजनिक गर्ने बताइएको छ ।

कात्तिक १८ गते राजधानीमा आयोजित पत्रकार सम्मेलन गरेर शर्माले अभियानको घोषणा गरेका थिए । उक्त अभियानमा तत्कालीन माओवादी केन्द्रका नेता राम कार्कीसहितका नेताहरू सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *