काठमाडौँ महानगर क्षेत्रभित्र १०७ ‘कागजी विद्यालय’- खारेजीको तयारी (सूचीसहित)

प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति लिएर भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया बढाएको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ

 

स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

तोकिएको सीमाभित्र सम्पर्कमा नआउने र विद्यालय सञ्चालनमा रहेको प्रमाण पेश गर्न नसक्ने विद्यालय स्थायी रूपमा बन्द गर्न नगर कार्यपालिकामा सिफारिस गरिने विभागको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *