प्रधानमन्त्रीको नाममा चन्दा सङ्कलन, सरकारको गम्भीर ध्यानाकर्षण

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाम दुरुपयोग गरी चन्दा सङ्कलन भएको पाइएको छ । विभिन्न परियोजना, कोष र सामाजिक कार्यका लागि भन्दै आर्थिक सहयोग सङ्कलन गरिएको सूचना प्राप्त भएपछि प्रधानमन्त्रीको कार्यालयले सोमबार प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यू वा यस कार्यालयको तर्फबाट कुनै पनि व्यक्ति वा समूहलाई चन्दा वा सहयोग सङ्कलनका लागि अनुमति दिइएको छैन । यस्ता भ्रामक गतिविधिमा विश्वास नगर्न र कसैले यस्तो आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध छ ।’

प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरी चन्दा सङ्कलन गर्ने वा त्यस्ता गतिविधिलाई प्रोत्साहित गर्ने कार्य फेला परेमा नजिकको स्थानीय प्रशासनमा तुरुन्त जानकारी गराई कानुनी कारबाहीका लागि आग्रह गरिएको छ । साथै, विदेशमा बसेर यस्ता अनधिकृत गतिविधि गरेको जानकारी भएमा सम्बन्धित देशको नेपाली नियोगमा सूचना दिन पनि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *