काठमाडौं । राष्ट्रिय ज्ञानमाला संघ नेपालले काठमाडौं जिल्लाको दक्षिण–पश्चिम क्षेत्रअन्तर्गत कीर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका १९ वटा ज्ञानमाला भजन खलःलाई समेट्दै ‘कीर्तिपुर–चन्द्रागिरि–दक्षिणकाली उपसमिति’ गठन गरेको छ। उपसमिति गठन कार्यक्रम असोज २५ गते कीर्तिपुर इटागोलमा सम्पन्न भएको हो। बुद्ध धर्मको प्रचार–प्रसार र ज्ञानमाला भजन संस्कृतिको संरक्षणलाई बल पुर्याउने उद्देश्यसहित संस्था दर्ता ऐन बमोजिम स्थापना भएको राष्ट्रिय ज्ञानमाला संघ नेपाल ले देशभरका उपसमितिहरू विस्तार गर्ने क्रममा यो सातौँ उपसमिति गठन गरेको हो। कार्यक्रम संघकी अध्यक्ष रमना श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भयो। सो अवसरमा महासचिव ईन्द्रमुनि शाक्य, केन्द्रीय सदस्यहरू भिमबज्र बज्राचार्य, ईश्वरराज बज्राचार्य र पद्मा नकर्मी लगायतको उपस्थिति रहेको थियो। १९ वटा भजन खलःका प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको कार्यक्रममा एहिपश्सिको ज्ञानमाला भजन खलःका उपासक कुलबहादुर महर्जनको संयोजकत्वमा १९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। कार्यसमितिमा धनबहादुर महर्जन प्रमुख सल्लाहकार र जुलुम शाक्य सल्लाहकारमा मनोनित भएका छन्। कार्यक्रमको व्यवस्थापन अनमोल ज्ञानमाला भजन खलः इटागोलले गरेको थियो। राष्ट्रिय ज्ञानमाला संघ नेपालका अनुसार, आगामी दिनमा अन्य क्षेत्रहरूमा पनि यस्तै उपसमितिहरू गठन गर्दै भजनमार्फत बुद्ध धर्म र शान्तिको सन्देश देशव्यापी रूपमा फैलाउने अभियानलाई थप सशक्त बनाइने सचिव बुध्द महर्जनले बताए । नवगठित उपसमिति पदाधिकारीहरू:
आवद्ध भजन खलःहरू:
सो अवसरमा महासचिव ईन्द्रमुनि शाक्यले नवगठित उपसमितिका कार्यक्षेत्र, जिम्मेवारी र अधिकारबारे जानकारी गराउँदै निर्देशनात्मक मन्तव्य दिए।
त्यसैगरी अध्यक्ष रमना श्रेष्ठज्यूले उपसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।