कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका
काठमाडौ  । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

मङ्गलवार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने भएका छन् । मङ्गलवार आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका  पार्टी सभापति शेर बहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *