सैनिक अड्डामा जेनजी युवाहरुबीच कुटाकुट

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सैनिक अड्डामा जेनजी युवाहरुबीच कुटाकुट
काठमाडौं । नेपाली सेनाको मुख्यालय अगाडी जेनजी युवाहरुबीच नै कुटाकुट भएको छ । अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका जेनजी युवाहरूबीच केहि बेरअघि कुटाकुट भएको हो ।

मुख्यालय अगाडिको सडकमा जेनजीका दुई समूहबीच हानाहान भएको हो । त्यहाँ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरूको समूह नाराबाजीसहित पुगेको थियो ।

अर्कातिर काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ पक्षधर युवाहरू पनि जम्मा भएका छन् । उनीहरूबीच सैनिक मुख्यालयको गेटमा कुटाकुट र ग्याङ फाइट नै चलेको हो । अहिले सैनिक मुख्यालय अगाडिको सडक क्षेत्र दुई पक्षको कुटाकुटले तनावग्रस्त बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *