अकबरे खुर्सानी प्रति के जी एक सय रुपैयाँ

आर्थिक समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि विभिन्न तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार, आजको बजार मूल्यमा केही तरकारी र फलफूलको भाउ स्थिर रहेका छन् भने केहीमा सामान्य उतारचढाव देखिएको छ।

 

आजको मूल्यसूची अनुसार, ठूलो गोलभेडा (भारतीय) प्रतिकेजी ७० देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ, जसको औसत मूल्य ७५ रुपैयाँ तोकिएको छ। यस्तै, सानो गोलभेडा (लोकल) ३० देखि ४० रुपैयाँ र टनेल गोलभेडा ४० देखि ५५ रुपैयाँमा उपलब्ध छ।

 

आलुको बजारमा, रातो आलु प्रतिकेजी ५३ देखि ५५ रुपैयाँ, भारतीय रातो आलु ३६ देखि ३९ रुपैयाँ र मुडे आलु ४६ देखि ४८ रुपैयाँमा पाइन्छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकेजी ३५ देखि ३६ रुपैयाँ रहेको छ।

 

अन्य तरकारीहरूमध्ये, लोकल गाजर १०० देखि ११० रुपैयाँ र तराई गाजर ९० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ। लोकल बन्दा ५० देखि ६० रुपैयाँ, स्थानिय काउली ७० देखि ८० रुपैयाँ र तराई काउली ६० देखि ७० रुपैयाँ तोकिएको छ।

 

सागपाततर्फ, रायोको साग १२० देखि १४० रुपैयाँ, पालुङ्गोको साग १२० देखि १३० रुपैयाँ र चम्सुरको साग १३० देखि १५० रुपैयाँमा पाइन्छ। तोरीको साग ७० देखि ८० रुपैयाँ र हरियो प्याज ७० देखि ८० रुपैयाँमा उपलब्ध छ।

 

कन्ये च्याउ प्रतिकेजी १८० देखि २०० रुपैयाँ, डल्ले च्याउ २७० देखि ३१० रुपैयाँ र राजा च्याउ २८० देखि ३०० रुपैयाँमा पाइन्छ। सिताके च्याउ भने ९०० देखि १००० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। कुरीलो ३५० देखि ४५० रुपैयाँ, ब्रोकाउली १७० देखि १९० रुपैयाँ र रातो बन्दा १६० देखि १८० रुपैयाँमा उपलब्ध छ।

 

फलफूलतर्फ, झोले स्याउ प्रतिकेजी २०० देखि २३० रुपैयाँ र फूजी स्याउ २६० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको छ। केरा प्रतिदर्जन १३० देखि १४० रुपैयाँमा पाइन्छ।

कागती १२० देखि १४० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ र भारतीय सुन्तला १४० देखि १५० रुपैयाँमा उपलब्ध छ। तरबुजा (हरियो) ६० देखि ७० रुपैयाँ र मौसम १६० देखि १८० रुपैयाँमा बिक्री भइरहेको छ।

 

नेपाली मेवा ४५ देखि ५५ रुपैयाँ र भारतीय मेवा ९० देखि १०० रुपैयाँमा पाइन्छ। अम्बा १०० देखि १२० रुपैयाँ, लप्सी ५५ देखि ६५ रुपैयाँ र किवी २५० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

अदुवा प्रतिकेजी १०० देखि १२० रुपैयाँमा पाइन्छ। सुकेको खुर्सानी ३५० देखि ४०० रुपैयाँ, हरियो खुर्सानी ४५ देखि ५० रुपैयाँ र बुलेट खुर्सानी ४० देखि ४५ रुपैयाँमा उपलब्ध छ। अकबरे खुर्सानी १०० देखि १५० रुपैयाँ र भेडे खुर्सानी १०० देखि १२० रुपैयाँमा कारोबार भइरहेको छ।

 

माछातर्फ, सुकेको माछा प्रतिकेजी ८०० देखि १००० रुपैयाँमा पाइन्छ। ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २६० देखि २८० रुपैयाँ र छडी माछा २२० देखि २३० रुपैयाँमा उपलब्ध रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *