राष्ट्रपति पौडेलले छलफलका लागि बाेलाए राजनीतिक दललाई

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छलफलका लागि राजनीतिक दललाई राष्ट्रपति कार्यालयमा बोलाएका छन् ।

पौडेलले शुक्रबार दिउँसो ४ बजे छलफल गर्नेगरी सबै राजनीतिक दललाई बोलाएका हुन् । छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।

एक मन्त्रीका अनुसार बिहीबार राष्ट्रपतिसँग भएको छलफलपछि सबै दललाई निर्वाचनको विषयमा छलफलका लागि राष्ट्रपतिले बोलाएका हुन् । बिहीबार प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीले राष्ट्रपतिसँग छलफल गरेका थिए ।

फागुन २१ गतेका लागि घोषणा भएको निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीको अनुरोध अनुसार राष्ट्रपति पौडेलले छलफलका लागि दलहरुलाई बोलाएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा निर्दलीय सरकार बनेको छ । कार्की नेतृत्वमा सरकार बनेपछि राष्ट्रपति पौडेलले विघठित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग दलसँग छलफल गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *