२,कार्तिक ,काठमाडौ। सानिमा बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा कार्तिक २ गते आइतबार दिन अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा सानिमा बैंकले रु. २ अर्ब ५७ करोड खुद नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको कुल सम्पत्ति रु. २६३ अर्ब ५५ करोड पुगेको छ भने कुल निक्षेप रु. २२५ अर्ब ४८ करोड र खुद कर्जा सापटी रु. १८३ अर्ब ४५ करोड रहेको छ । गत आर्थिक वर्षको तुलनामा निक्षेपमा १३.०९ प्रतिशत, कर्जा सापटीमा ११.२२ प्रतिशत र कुल सम्पत्तिमा १२.७० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार असार मसान्त २०८२ सम्मका वित्तीय परिसूचकहरू पनि सन्तोषजनक छन् । निष्क्रिय कर्जा (NPL) ३.०१ प्रतिशतमा सीमित रहेको छ भने पुँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) १३.०१ प्रतिशत रहेको छ । त्यस्तै तरलता ३०.९५ प्रतिशत र कर्जा–निक्षेप अनुपात (CD Ratio) मासिक औसतमा ८१.०३ प्रतिशत रहेको छ ।
बैंकले आगामी वर्षमा डिजिटल बैंकिङ विस्तार, ग्रामीण वित्तीय पहुँच अभिवृद्धि र दिगो बैंकिङ अभ्यासमा केन्द्रित हुने प्रतिबद्धता पनि सभामार्फत सार्वजनिक गरेको छ ।