निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् दलहरूको बैठक

प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौ ।  प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई लिएर राजनीतिक दलहरूसँग छलफल गर्न आह्वान गरेकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, अघिल्लो निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई २१ फागुनमा तय भएको निर्वाचनबारे छलफल गर्न बोलाइएको छ ।

छलफल आगामी मङ्गलवार, ४ कात्तिकमा हुने तय भएको छ । केही दलहरूलाई निम्तो पठाइसकिएको छ भने बाँकीलाई पठाउने क्रममा जारी रहेको जनाइएको छ । प्रत्येक दलबाट दुई-दुई प्रतिनिधिलाई छलफलमा सहभागी हुन आह्वान गरिएको छ ।

यसअघि सरकारले निर्वाचन घोषणा गरे पनि दलहरूसँग पर्याप्त संवाद नगरेको भन्दै आलोचना भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको दलहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री कार्की पनि सहभागी भएकी थिइन् । तर, उक्त छलफललाई दलहरूले सरकारको पहल नभएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *