आजकाे माैसम कस्तो ?

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौ  । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा , हिमपातको सम्भावना रहेको विभागव्दारा जारी मौस बुलेटिनमा उल्लेख छ ।

मौसम बुलेटिनका अनुसार आज राति  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा , हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *