सर्वदलीय बैठकमा दलहरूले राखे चुनावी सुरक्षाको चासो

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी सर्वदलीय बैठकमा दलहरूले निर्वाचनको सुरक्षा व्यवस्थाप्रति चासो व्यक्त गरेका छन् ।

बैठकमा नेताहरूले पालैपालो आफ्ना धारणा राख्ने क्रम जारी छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले पहिलो चरणको छलफल लगभग सकिएको र सबै दल निर्वाचनमा सहमत भएको बताए ।

मन्त्री खरेलका अनुसार, ‘सबै दल निर्वाचनमा सहभागी हुने कुरामा एकमत छन्, तर सरकारले सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।’ नेताहरूका अनुसार, एमालेले वर्तमान सरकारको निर्वाचन गराउने क्षमतामाथि आंशिक आशङ्का व्यक्त गरे पनि निर्वाचनको विरोध गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *