“अब नेतृत्व मात्र हैन, नीति र सोच पनि बदलौ “

राजनीति विचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

रबिन्स शर्मा

८, कार्तिक, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता रबिन्स शर्माले देशको २०४६ देखि २०८२ सम्मको इतिहासिक राजनीति घटनाहरू बारे गम्भीर भयर सोच्दा नेपालको राजनीतिक, नीति र संस्थागत संरचनामा गहिरो आत्मसमीक्षा र सुधारको आवश्यकता औंल्याउँदै अब नेतृत्व मात्र हैन, नीति र सोच पनि बदल्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

शर्माले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको विचारमा

२०४६ सालको जनआन्दोलनले ल्याएको परिवर्तनसँगै २०४७ को संविधान सबै नेपालीले आत्मसात् गरे। तर त्यो उपलब्धिको पूर्ण अनुभूति गर्न नपाउँदै २०५२ सालमा माओवादी सशस्त्र द्वन्द्व सुरु भयो।

फेरि २०६२/०६३ को माओवादीसहितको ऐतिहासिक जनआन्दोलनले नयाँ आशा जगायो। दुई–दुई पटक संविधानसभा निर्वाचन हुँदै जननिर्वाचित प्रतिनिधिहरूबाट लामो रस्साकसपछि नयाँ संविधान बनेको छ। तर, त्यस संविधानले परिकल्पना गरेको राजनीतिक तथा प्रशासनिक संरचना आज पनि आलोचनाका घेरामै सीमित छ – जनताको आत्मसात्, विश्वास र गर्वको दस्तावेज बन्न सकेको छैन।

अब प्रश्न उठ्छ – समस्या नेतामा मात्र हो कि नीतिमा पनि?
उत्तर स्पष्ट छ – नेता मात्र होइन, नीति पनि फेरौं।
एज मात्र होइन, एजेण्डा पनि हेरौं।

अब ढिलाइ नगरी आत्मसमिक्षा गर्ने समय आएको छ –
पार्टीहरूको विधान र देशको संविधानमा भएका कमजोरी खोजौं।
राष्ट्रिय शक्तिहरूको पहिचान र सम्मानपूर्वक परिचालन गरौं।
विदेशमा आशा हराएका युवाहरू र “नेपाल हामी सपार्छौं” भन्ने युवाको चाहनालाई सम्मान दिऔं।

हामी सबै मिलेर समृद्ध नेपाल निर्माण गर्ने हातहरू जोडौं।
यो देश हाम्रै हो, निर्माण गर्ने जिम्मेवारी पनि हाम्रै हो।

अब वाद–प्रतिवाद होइन, सहकार्य र साझा जितको यात्रामा लागौं।
जहाँ कसैको हार होइन, सबैको सम्मान र सबैको खुशी सुनिश्चित होस्।

जय होस् समावेशी, समृद्ध र स्वाभिमानी नेपाललाई।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *