जेनजी प्रतिनिधिहरूले गरे सरकारविरुद्ध कडा आक्रोश

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौ । जेनजी प्रतिनिधिहरूले सरकारविरुद्ध कडा आक्रोश व्यक्त गरेका छन् । शनिवार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका युवाहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारप्रति आक्रोशित बनेका हुन् ।

शनिवार दिउँसो आयोजित पत्रकार सम्मेलनमा जेनजी प्रतिनिधिहरूले सरकारले एकताबद्ध अभियानमा जुटेका युवाहरूलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । जेनजी प्रतिनिधि मञ्जना राईले शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाहरूलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरिन् ।

उनले सरकारले जेनजीको मागअनुसार काम गर्न नसकेको गुनासो गर्दै रिहाइ नभए कडा कदम चाल्ने चेतावनी दिइन् । राईले भनिन्, ‘हामी पछि हट्दैनौँ । थुनिएका साथीहरूको रिहाइ नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँछौँ ।’

भोजपुरका प्रतिनिधि सागर तामाङले सरकारको दमनकारी नीतिविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरे । उनले भने, ‘हामीलाई एकताबद्ध हुन पनि नदिने यो कस्तो सरकाररु हाम्रा मागहरू तत्काल पूरा हुनुपर्छ ।’ तामाङले जेन–जी आन्दोलनले समर्थन गरेको सरकारले नै दमन गरेको भन्दै प्रतिरोधमा उत्रनुपर्ने बताए । उनले आन्दोलनलाई निरन्तर अघि बढाएर माग सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *