रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न

आर्थिक प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

कार्तिक, १२, काठमाडौ ।रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।कात्तिक, १२ गते पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अध्यक्ष    बद्रीप्रसाद गौतमको अध्यक्षतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा  भव्यताका साथ सम्पन भयो ।सभा दिउँसो १:०० बजे सुरु भई निर्धारित एजेण्डा अनुसार सम्पन्न भएको थियो । सभामा कम्पनीका सञ्चालक, शेयरधनी, लगानीकर्ता, लेखापरीक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ५ वर्षदेखि संचालन गरिरहेको छ।

सभामा अध्यक्ष गौतमले यस कम्पनीले आर्थिक बर्ष २०८१ / ०८२ मा कम्पनीको खुद नाफा १ करोड ७७ लाख ३२ हजार ८ सय ९३ रुपैया खुद मुनफा आर्जन  गर्न  सफल भएको जानकारी सेयरधनीहरूलाई दिएका हुन् ।

सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी विस्तृत छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ । सो प्रतिवेदनमा गत आर्थिक वर्षमा कम्पनीले गरेका गतिविधिहरू, आगामी योजनाहरू र कम्पनीको समग्र प्रगतिको समीक्षा गरिएको थियो ।

त्यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा(नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बन्धित सबै अनुसूचीहरू पनि सभाले छलफल गरी पारित गरेको छ । सभामा कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको र आगामी वर्षमा ऊर्जा उत्पादन तथा निर्माण क्षेत्रमा थप लगानी विस्तार गर्ने योजना प्रस्तुत गरिएको जानकारी दिइयो ।

 

कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज २७ गते बुकक्लोज गरेको थियो। तसर्थ, असोज २६ गतेसम्म डिम्याट खातामा सेयर कायम गर्ने सेयरधनीहरू मात्र आजको सभामा भाग लिन योग्य रहेका थिए।

अन्त्यमा कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतमले सभामा  सहभागिता जनाएका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र पारदर्शी ढंगले कम्पनीको कार्य सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए । सेयरधनीहरूको सुझावलाई मध्यनजर गदै  आगामी वर्षको नाफा वृद्धि र कम्पनीको ऊर्जा विकास परियोजनाहरूको प्रगतिमा केन्द्रित रहने जानकारि गराएका हुन् ।

यससँगै रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं  वार्षिक साधारण सभा  सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *