नियमित महाधिवेशनको पक्षमा कांग्रेस बहुसङ्ख्यक सदस्यहरू

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनका बारेमा सदस्यहरूले फरक–फरक मत राखेका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केही सदस्यहरूले निर्वाचन अघि नै विशेष महाधिवेशनमा जानुपर्ने र केही सदस्यहरूले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् ।

केही सदस्यहरूले भने निर्वाचन अघि विशेष नभई नियमित महाधिवेशन गर्न सकिने धारणा राखेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पार्टीमा बलियो मत रहेको उनले बताए । सरकारबाट सुरक्षाको सुनिश्चितता भयो भने निर्वाचनमा जानुपर्ने र पार्टीले त्यसको तयारी गर्नुपर्ने सुझाव आएको प्रवक्ता महतले बताए ।

सबै विषयमा आएका सुझावहरूका आधारमा निष्कर्ष निकालेर छिटै बैठक सम्पन्न गरिने उनले जानकारी दिए ।

बिहीबार बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला ९पौडेल०, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी लगाएत बागमति र लुम्विनीका प्रदेश समापतिले धारणा राखेका थिए । बैठक शुक्रवार पनि जारी रहने प्रवक्ता महतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *