फेरी फुट्यो विप्लव नेतृत्वको नेकपा

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा फेरी फुटेको छ ।

पोलिटव्यूरो सदस्य चिरन पुन उर्फ मिलन सीले पार्टी फुटाएर आफ्नो नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको तेस्रो दिनमा नै पार्टीका स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले फेरी पार्टी फुटाएर नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका ८ दलविचमा एकता गर्ने सहमति पत्रमा बुढाथोकीको पनि हस्ताक्षर रहेको छ । २ दिन अघि विप्लव समूह फुटाएका चिरन पुनको पनि एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *