जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश दिएको होइन : पूर्वगृहमन्त्री रमेश लेखक

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

उनले भने, ‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन्, यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन, त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन ।’

उक्त आन्दोलनपछि पहिलो पटक शुक्रबार मिडियामा सार्वजनिक भएका लेखकले सो घटनामा पहिलाको सरकारले गोली हान्न आदेश नदिएको दाबी गरेका हुन् ।

‘दुःखद घटना भएपछि भदौ २३ गते गृहमन्त्री पदबाट मैले राजीनामा गरेको थिएँ’, उनले भने, ‘आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने विषय उठेका छन्, यसमा प्रधानमन्त्रीज्यू र मबाट गोली प्रहारको कुनै आदेश भएको छैन ।’

उनले सोही बेलामा पनि घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *