संसद् भवनको भाडा सम्झौता रद्द

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका
काठमाडौ  । नयाँ बानेश्वरस्थित भाडामा प्रयोग गरिँदै आएको संघीय संसद्को सम्झौता रद्द गरिएको छ ।

 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएपछि खण्डहर बनेको छ । अहिले प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेकाले भाडा सम्झौता रद्द गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ५३१ को उपदफा (२) को खण्ड (ख) बमोजिम सम्झौता रद्द गरिएको व्यहोरा सचिवालयले जनाएको छ ।

भदौको अन्तिम सातादेखि लागू हुनेगरी सम्झौता रद्द भएको संसद् सचिवालयले बताएको छ । यो भवन ०६४ सालेदखि प्रयोग हुँदै आएको थियो ।

वार्षिक १६ करोड ५० लाखमा सम्झौता भएको यो भवनको कानून आयोगले प्रयोग गरेको घटाएर वार्षिक रु १४ करोड ९८ लाख २९ हजार ७०६ रुपैया तिर्ने गरेको थियो ।

भवनको वार्षिक सम्झौता नवीकरण हुने गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *