काठमाडौंमा ‘राष्ट्रिय घर निर्माण फेस्ट’ दोस्रो संस्करण हुँदै

आर्थिक प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्टफेस्टको दोस्रो संस्करण गर्न लागेको हो ।

 


घर निर्माण फाउण्डेसनले निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा फेस्ट आयोजना गर्न लागिएको जानकारी दिएको हो । ४० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापित हुँदै आएको फेस्टबारे फाउण्डेसनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएको हो ।

फाउण्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भएपनि धेरै ब्राण्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्राण्डिङ गर्न चुनौती भोगिरहेको आयोजकले जनाएको छ। ती चुनौती समाधान गर्दै फेस्टले ती कमी-कमजोरीलाई सम्बोधन गर्ने आयोजकको भनाइ छ ।

यस्तै निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे ४० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ। आयोजकका अनुसार यो फेस्ट साधारण मेला मात्र नभई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्च हो ।

आयोजकले फेस्टलाई रोचक बनाउने उद्देश्यले विभिन्न अनौठा तथा आधुनिक आकर्षणहरू समावेश गरेको छ ।

फेस्टलाई थप आकर्षक बनाउन आयोजकले विशेष तीन आकर्षण समावेश गरेको छ जस अन्तर्गत पहिलो आकर्षणको रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा, फाउण्डेसनले तयार पारेको विशाल इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गराउने तयारी छ ।

 

हालसम्म विश्वकै सबैभन्दा ठूलो इट्टा सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण भएको थियो, जसको लम्बाइ २.९४ मिटर तथा चौडाइ र उचाइ ०.९९ मिटर थियो ।

दोस्रो आकर्षणको रूपमा ‘उल्टो घर’ रहेको छ। घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ, जसले अवलोकनकर्तालाई नयाँ दृश्य अनुभव दिने आयोजकले जनाएको छ।

तेस्रो आकर्षणको रूपमा ‘डोम हाउस’ अवधारणा रहेको छ। नेपालमा धेरै प्रयोगमा नआएको यो प्रविधिबाट एक दिनमै घर, होटल वा रिसोर्ट पनि तयार गर्न सकिने आयोजकले जनाएको छ।

 

फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गरिएको छ।

इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ।we

 विज्ञप्ति
घर निर्माण फाउण्डेसनद्वारा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को देस्रो संस्करणबारे औपचारीक घोषणा गर्न पाउँदा हामी उत्साही भएका छौं । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रुपमा हामीले फेस्टलाई लिँदै आएका छौं । फेस्टको औपचारीक घोषणा सभामा उपस्थित हुनुहुने तपाइँहरु सबैलाई हार्दिक स्वागत गर्दछौं । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पु¥याउने उद्देश्यसहित यो फेस्ट आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने जानकारी गराउँछौं ।
नेपालमा निर्माण तथा व्यवसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरुले अझै पनि समान रुपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रुपमा प्रदर्शन गर्न विभिन्न चुनौती झेलिरहेका छन् । यहि कमीकमजोरीलाई सम्बोधन गर्न घर निर्माण फेस्ट २०८२ आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्श मार्फत व्यवसायिले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गमा पु¥याउन सक्नेछन् ।दोस्रो संस्करणको घर निर्माण फेस्टलाई हामीले साधारण मेला मात्र नभई व्यवसायमुखी, अवलोकन–केन्द्रित र परिणाममुखी बनाउने तयारी गरेका छौं । ४ दिन सम्म हुने प्रदर्शनीमा हामीले २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा राखेका छौं । घर निर्माण सम्बन्धी यस प्रदर्शनीमा ४० हजार बढी दर्शकले निर्माण सम्बन्धी प्रत्यक्ष रुपमा अवलोकन गरी जानकारी लिने हाम्रो विश्वास छ । यो एक प्रदर्शनी मात्र नभइ कुनैपनि निर्माणजन्य सामग्रीको ब्रान्डिङ, नवप्रवर्तन, गुणस्तरीय निर्माण र व्यवसायिक वृद्धिको साझा मञ्च पनि हो ।घर निर्माण फेस्ट २०८२लाई सबैका लागि अझ रोचक, जानकारीमुलक र अविस्मरणीय बनाउन हामीले विशेष आकर्षणहरु समावेश गरेका छौँ । पहिलो आकर्षणका रुपमा, हामीले विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारेका छौं । जसलाई हामीले “गिनिज बुक अफ वल्र्ड” रेकर्डमा समावेश गर्ने तयारी गरेका छौं । यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासस्थित एक कम्पनीले विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा निर्माण गरेको थियो । जसको लम्बाइ २.९४ मिटर (९ फिट ८ इन्च) र उचाइ तथा चौडाइ ०.९९ मिटर (३ फिट ३ इन्च) थियो । यस्तै दोस्रो आकर्षणका रुपमा “उल्टो घर” लाई प्रदर्शनीका क्रममा राखिने छ । जसमा घरको सबै संरचना र डिजाइन उल्टो रुपमा प्रदर्शन गरिनेछ । यस्तै प्रर्दशनीका क्रममा नेपालमा त्यती धेरै प्रयोगमा नआएको “डोम हाउस” को अवधारणा पनि प्रस्तुत गरिने छ । एक दिनमा तयार हुने डोम हाउस घर, होटल तथा रिसोर्टमा समेत सहज रुपमा बनाउन सकिनेछ । प्रर्दशीनमा समावेश गरिने आकर्षणले निर्माण उद्योगलाई नयाँ दृश्य, नयाँ सोच र नयाँ अनुभवसँग जोड्ने हाम्रो अपेक्षा छ भने प्रदर्शनीको अवलोकन गर्न आउनेहरुका लागि थप रोचकता प्रदान गर्नेछ ।यस प्रदर्शनीको क्रममा अवलोकनकर्ताहरुले प्रत्यक्ष रुपमा निःशुल्क रुपमा इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरुसँग अन्तक्र्रिया गर्न पाउने छन् । अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीको छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *