सिरहामा बंगलादेशका हिन्दूहरूमाथि भएको नरसंहारविरुद्ध विरोध प्रदर्शन

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सिरहामा बंगलादेशका हिन्दूहरूमाथि भएको नरसंहारविरुद्ध विरोध प्रदर्शन

प्याशी प्रशान्त

सिरहा,  बंगलादेशमा भएको भनिएको हिन्दू समुदायमाथिको हिंसा र नरसंहारको विरोधमा सिरहा नगरपालिकामा विरोध कार्यक्रम सम्पन्न भएको छ। हिन्दु सम्राट सेना नेपाल, सिरहा नपा–१८ को आयोजनामा आयोजित विरोध सभामा सहभागीहरूले अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ (UN) र शान्ति दूतहरूलाई मौन नबस्न आग्रह गरेका थिए।


कार्यक्रममा हालै हत्या गरिएको बंगलादेशी युवा डिपु चन्द्र दास प्रति श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो। पोस्टरमार्फत सहभागीहरूले “All Eyes on Bangladesh Hindus” भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।


वक्ताहरूले धार्मिक समुदायमाथि हुने आक्रमण रोक्न सरकार र अन्तर्राष्ट्रिय निकायहरू सक्रिय हुनुपर्ने माग गरे। कार्यक्रमको अन्त्यमा सहभागीहरूले “जिहादी आतंकवाद विरुद्ध विश्व एकजुट होस्” भन्ने माग राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *