जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय

 

प्याशी प्रशान्त
१४ पुस, जनकपुरधाम । मधेश केन्द्रित दल जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोकसपाबीच एकीकरण गर्ने निर्णय भएको छ ।

सहमति पत्रमा दुवै पार्टीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
जसपा अध्यक्ष यादव र  लोसपा अध्यक्ष ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो ।
वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन एवं विश्लेषण गरेर एकता गरिएको निर्णयमा बताइएको छ ।
त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी एकीकरणको निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *