नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुर- २ मा युवा नेता माधव पन्तलाई गर्यो उम्मेदवार सिफारिस

राजनीति विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर क्षेत्र नं। २ मा प्रत्यक्षतर्फ युवा नेता माधव पन्त सिफारिस भएका छन् ।
पन्त एक अध्ययनशील, ऊर्जाशील र अनुभवी युवा नेताका रूपमा पहिचान बनाउँदै अघि बढिरहेका नेता हुन् । शुक्लाफाँटा नगरपालिका–५, कञ्चनपुरका स्थायी बासिन्दा ३८ वर्षीय पन्त हाल त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहास विषयमा विद्यावारिधि ९पीएचडी० गर्दैछन्। उनले अंग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुन विषयमा एलएलबी उपाधि हासिल गरेका छन्।

युवा आन्दोलनदेखि राजनीतिक शिक्षा, मानवअधिकार, लोकतन्त्र, विज्ञान–प्रविधि, भू–राजनीति, विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय राजनीतिक शिक्षा सम्बन्धी दर्जनौँ गोष्ठी, सेमिनार र सम्मेलनमा सक्रिय सहभागिता जनाउँदै उनी अमेरिका, चीन, भारत, रुस, ब्राजिल, कोलम्बिया, क्युबा, भेनेजुएला, दक्षिण अफ्रिका, लेबनान, अजरबैजान, टर्की, युएई, कतार लगायतका देशको अनुभव बटुलेका छन्। हाल उनी नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छन्। त्यसअघि उनी नेकपा ९एकीकृत समाजवादी० कञ्चनपुर सह–इन्चार्जको जिम्मेवारीसमेत सम्हालीसकेका थिए।

वि।सं। २०५९ मा कक्षा १० अध्ययनरत रहँदै कृष्ण माध्यमिक विद्यालयबाट अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रामा होमिएका पन्त २०६२ मा सिद्धनाथ बहुमुखी क्याम्पस स्ववियू उपसभापति निर्वाचित भए। २०६४ मा स्ववियू सभापतिका उम्मेदवार बनेका उनले २०६५ मा अनेरास्ववियू जिल्ला अध्यक्ष, त्रिभुवन विश्वविद्यालयमा संगठन नेतृत्व हुँदै अनेरास्ववियू केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी वहन गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा गेष्ट लेक्चररका रूपमा पहिचान बनाएका पन्त विभिन्न युवा नेटवर्क तथा अन्तर्राष्ट्रिय राजनीतिक तथा शैक्षिक संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय छन्। अध्ययनशील, शालीन र दूरदृष्टियुक्त राजनीतिज्ञको छवि बनाएका उनले सुदूरपश्चिमका युवाबीच आशाको दीपका रूपमा स्थान बनाउँदै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *