निकोलस भुसाललाई उपचारका लागि वीर अस्पताल लगियो

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 Prashant Pyashi: १६ पुस, काठमाडौँ । विभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा उपचारका लागि वीर अस्पताल लगिएको हो ।

भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले माइतीघरमा स्वास्थ्य अवस्थाको जाँच गरेको थियो । जाँचका क्रममा थप उपचार आवश्यक देखिएपछि भुसाललाई अस्पताल लगिएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *