काठमाडौं । नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा मिति२०८२पुस३०गतेका दिन कोषको सञ्चालक समितिका अध्यक्ष तुलसी प्रसाद घिमिरेको अध्यक्षतामा काठमाडौको नयाँवानेश्वरमा सम्पन्न भएको छ ।यस ३१ औ साधारणसभाको र्निवाचन बाट सञ्चालक समितीमा सर्वसाधारण सेयरधनीको तर्फवाट नारायण प्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
सभामा कोषका सञ्चालक ,शेयरधनी,कानुनी सल्लाहकार ,लेखापरिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साधारणसभाले आर्थिक वर्ष २०८१र८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०८१र८२ को आम्दानीबाट ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको छ।
त्यसैगरी, आव २०८१र८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।
कोषको गत आर्थिक वर्षको कर पछिको खुद नाफा १ अर्ब २५ करोड ६० लाख रुपैयाँ छ। जसमध्ये रु २५ करोड १२ लाख साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो।
कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आर्थिक वर्ष २०८१र८२ मा २ खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ खुद कोष संकलन भएकामा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको जनाएको छ।

सभाले कोषको वार्षिक प्रतिवेदन, गत आर्थिक वर्ष २०८१र८२ को नाफा(नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष घिमिरेले कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरूलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवद्र्घन गर्दै लैजाने योजना रहेको बताए । आगामी दिनमा कोषले बचत संकलनको दायरा विस्तार गर्दे जानेमा उनले जोड दिए । कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधार सम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजानेमा उनले जोड दिए ।

साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञासाहरुको बारेमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिए । उनले कोषको वस्तुस्थितिबारे बताउँदै सेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूलाई आगामी दिनमा पूरा गर्दे लाने प्रतिबद्धता व्यक्त गरे । उनले कोषले गत वर्षदेखि नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयावधि भित्रै साधारणसभा गर्न सफल भएको बताए । अबको युग डिजिटल युग भएकाले कोषले पनि सोही अनुसार कार्य गरिरहेको समेत उनले बताए ।
कार्यकारी निर्देशक कार्कीले हाल अधिक तरलताको कारण कोषको मौज्दात रकमलाई पूर्ण रुपमा परिचालन गर्न चुनौतीपूर्ण रहेको विषय उल्लेख गरे । कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रियामा लगेको, विभिन्न जलविद्युत आयोजनामा लगानीका लागि कार्य अघि बढाएको एवम् उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको उनले बताए । साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
निर्देशक कार्कीले कोषले नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको बताए। निगमले विमान खरिदका लागि कर्जा लग्दा नेपाल सरकार ‘ग्यारेन्टी’ बसेको उल्लेख गर्दै उनले ढिलो (चाँडो) असुली हुने अपेक्षा गरे।
त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषले शिक्षा, विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा खर्च गरेको उनको भनाइ छ। कोषका तथ्यांक क्रमशः ‘डिजिटलाइज’ गर्दै लगिएको र डाटा भण्डारणलाई सुरक्षित बनाउँदै लगिएको पनि कार्कीले जानकारी दिए।
अबको युग डिजिटल युग भएकाले कोषले पनि सोही अनुसार कार्य गरिरहेको समेत उनले बताए । कार्यकारी निर्देशक कार्कीले हाल अधिक तरलताको कारण कोषको मौज्दात रकमलाई पूर्ण रुपमा परिचालन गर्न चुनौतीपूर्ण रहेको विषय उल्लेख गरे ।
कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रियामा लगेको, विभिन्न जलविद्युत आयोजनामा लगानीका लागि कार्य अघि बढाएको एवम् उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको उनले बताए ।

सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएपछि कोषका सञ्चालक समितीका अध्यक्षले सम्मान तथा वधाई दिदै गरेको तस्विर