काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ ।
कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री उदय शमशेर राणाका अनुसार गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक केहि बेरमा कुपोन्डोलको एक बैंक्वटमा बस्ने भएको हो ।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले मध्यराती मात्र थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै केन्द्रीय कार्यसमिति गठन गरेको हो ।