बनेपाबाट ७३० राउण्ड गोलीसहित आठ जना पक्राउ

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

कठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको जानकारी प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ। यो तथ्य आज प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रमका क्रममा जानकारी दिइएको हो।

 

प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ। त्यस्तै, कारागारबाट भाग्ने प्रयास गर्ने क्रममा १० जना कैदीको मृत्यु भएको पुष्टि गरिएको छ।

 

यस्तै, हाल १३४ जना प्रदर्शनकारी घाइते भएर विभिन्न अस्पतालमा उपचाररत छन् भने ५७ जना प्रहरी पनि घाइते भएका छन्।

 

सरकारले मृतकका परिवारलाई राहत र क्षतिपूर्ति प्रदान गर्ने तयारीमा रहेको जनाएको छ। प्रहरी प्रशासनले पनि घाइतेको उपचारमा विशेष ध्यान दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *