काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा आफुविरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति कडा देखिएका छन् ।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा इतर समूहका नेताहरूको क्षेत्रमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीले स्वयं राखेका छन् ।