काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा निर्वाचनकेन्द्रित जनप्रदर्शन गर्दैछ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो ।
भृकुटीमण्डपबाट मध्यान्ह १२ बजेदेखि सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्ने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए ।