जेनजीको आन्दोलनमा घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीको देब्रेहात काटियो
काठमाडौं । जेनजीको आन्दोलनमा घर जल्दा जलेर घाइते पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ। भदौ २४ गतेको जेनजी आन्दोलनकारीले घरमा आगोलागी गरेका थिए। घरसँगै जलेकी उनको अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि उनको हात काटिएको खनालले जानकारी दिए।
Continue Reading