कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको जानकारी दिएको छ ।   हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको […]

Continue Reading

अनलाइन फारम भरेपछि जुनसुकै कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने

  काठमाडौ  । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ। निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ। जारी सूचनामा […]

Continue Reading

देउवाले बोलाए पदाधिकारी बैठक

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन् । असोज २६ गते आइतबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । बैठक बस्ने स्थान भने खुलाइएको छैन ।   बैठकमा पार्टीको १५औं […]

Continue Reading

हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक

काठमाडौं । हमास समूहले दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ। इजरायली सञ्चारमाध्यमहरूका अनुसार यो तस्बिर इजरायली रक्षा बल (आडिएफ)ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो। इजरायलस्थित ‘द होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स’ तथा विभिन्न इजरायली सञ्चार संस्थाले जनाएअनुसार उक्त तस्बिर नोभेम्बर २०२३ मा खिचिएको भिडियोबाट निकालिएको हो। […]

Continue Reading

नेतृत्व नछाड्ने ओलीको अडान

  काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने संकेत गरेका छन्। पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन् । त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेका छन् । ओलीले सचिवालय […]

Continue Reading

निर्वाचन आयोगलाई राजनीतिक संवाद थाल्न प्रधानमन्त्री कार्कीको आग्रह

  काठमाडौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई फागुन २१ गतेको निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकी छन्। मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा कार्कीले सरकारले के के सहजीकरण गर्नुपर्छ भनेर आयोगसँग सोधेकी थिइन्। ‘हामी उपलब्ध सबै सहयोग गर्छौं,’ कार्कीले बैठकमा भनिन्, ‘के के गर्नुपर्छ। गर्नुहोस्।’ प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग संवाद गर्न समेत आयोगलाई आग्रह […]

Continue Reading

बाढी पहिरोबाट क्षति भएका सडक संरचना पुनर्निर्माणका लागि १२ अर्ब ३८ करोड लाग्ने अनुमान

  काठमाडौँ ।  बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो । […]

Continue Reading

अम्बा खाँदा स्वास्थ्यलाई के फाइदा ?

  पाँचथर  । अहिले गाउँघरमा कान्लातिर सबैजसोलाई मनपर्ने फल अम्बा पाक्न थालिसकेको छ । बजारमा समेत अम्बाको किनबेच हुन थालिसकेको छ । हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै । तर यसले कस्ता फाइदा गर्छ त ? यो लेखमा हामीले अम्बा खानुका फाइदाहरूबारे चर्चा गरेका छौँ :- रुघा–खोकीबाट जोगाउँछ चिसोको मौसममा रुघा–खोकीको समस्या […]

Continue Reading

सिंहदरबार जलेको हेरेर बस्यो भन्ने आरोपमा मेयर बालेनको स्पष्टीकरण,अफवाह नफैलाउन अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २४ गते काठमाडौंमा आगजनी हुँदा दमकल नपठाएको भन्ने आरोपको खण्डन गर्दै अफवाह नफैलाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् । उनले भनेका छन्– कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस् । अफवाह नफैलाउनुहोस् । जनताले सही जानकारी पाउने अधिकार राख्छन् । यस्तो छ […]

Continue Reading

बालेन र सुदनलाई पक्राउको माग गर्दै अखिलको टाेली प्रहरीमा

  काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै हामी सुदन गुरुङ र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह विरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र हालका महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको हो । यसअघि मङ्गलवार नै पूर्व […]

Continue Reading