मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पहिलोपटक ५ जना महिला सांसद मन्त्री बन्न सफल भएका छन । राज्यले ग्यारेन्टी गरे पनि अहिलेसम्म संघीय क्याबिनेटमा ३३ प्रतिशत महिला पुग्न पाएका थिएनन् । यससँगै प्रधानमन्त्री शाहको मन्त्रीपरिषद्ले संविधानअनुरुप ३३ प्रतिशत महिला सहभागितालाई पहिलोपटक सुनिश्चित गरेको हो । बालेन्द्रको क्याबिनेटमा समानुपातिक र प्रत्यक्ष दुवैतिरबाट […]

Continue Reading

महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले केहीबेर अघि राजीनामा बुझाएकी हुन् । भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

Continue Reading

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ भोलि

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ भोलि (सोमबार) हुने भएको छ । केसीको शपथ भोलि बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले […]

Continue Reading

कुबेतमा अलपत्र ३३ नेपालीको उद्धा

काठमाडौं । पश्चिम एसिया तनावको असरले कुवेतमा फसेका नेपालीको उद्धार गरिएको छ ।  विभिन्न देशबाट नेपाल आउने तथा गन्तव्य मुलुक जाने गरी कुवेत ट्रान्जिटमा रहेका ३३ जना नेपालीलाई गन्तव्य मुलुक पठाइएको हो । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका उनीहरूलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ । कुवेतबाट उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको थियो […]

Continue Reading

प्रधानमन्त्री कार्की र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। […]

Continue Reading

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गर्ने निर्णय गरेको छ। पार्टीको जारी केन्द्रीय समिति बैठकमा जेन जेड आन्दोलनसम्बन्धी घटनाको अध्ययनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठेपछि यस्तो निष्कर्ष निकालिएको हो। महामन्त्री प्रदीप पौडेलका अनुसार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्वभित्र पर्ने विषय […]

Continue Reading

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल […]

Continue Reading

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक संघर्ष र बलिदानीपूर्ण आन्दोलनहरूमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभएको छ । मधेशी आयोगको सातौ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ती आन्दोलनहरूमा अभिव्यक्त स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको […]

Continue Reading

भारतले नेपाललाई फ़ेरि दियो २५० भन्दा बढी गाडी उपहार

भारत सरकारले  नेपाल सरकारको अनुरोधमा आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावलाई  मध्यनजर  गदै निर्वाचन सम्बन्धी सहयोगको दोस्रो चरण  २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारको अनुरोधका आधारमा भारत सरकारले आगामी निर्वाचनको तयारीका लागि सवारी साधन र अन्य सामग्रीहरु उपहारस्वरुप प्रदान गरिरहेको छ […]

Continue Reading

प्रतिनिधिसभा निर्वाचनमा स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति अवलम्बन गरेको छ । स्थानीय उत्पादनको प्रयोग र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोगले यो व्यवस्था लागू गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि कुल ५१ प्रकारका सामग्री प्रयोग हुनेछन् । तीमध्ये ३७ प्रकारका सामग्री […]

Continue Reading