काठमाडौँ, २९ मङ्सिर ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने लक्ष्यका साथ आयोजित ‘ठेट नेपाली सांस्कृतिक’ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
लोकसंस्कृतिमार्फत पूँजी निर्माण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सांस्कृतिक संस्थानले आजदेखि साप्ताहिक रुपमा सञ्चालन गर्ने उक्त कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री किरातीले विश्वका विभिन्न देशबाट आउने पर्यटकलाई नेपाली मौलिक संस्कृतिले आकर्षित गर्ने भएकाले तिनको जगेर्नामा जोड दिनुभयो । उहाँले कला संस्कृति र सम्पदाका माध्यमबाट देशलाई विश्व मञ्चमा परिचत गराउन सकिने बताउनुभयो ।
पर्यटन राज्यमन्त्री सुशीला श्रीपालीले साताभरि हुने लोकसांस्कृतिक प्रस्तुतिले गौतमबुद्ध, अरनिको, भृकुटी, सीतालगायत देशका राष्ट्रिय विभूतिलाई उजागर गर्ने बताउनुभयो । नेपालका विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुति, लोककला ठेट संस्कृतिमा समावेश गरिएको छ ।
कार्यक्रममा नेपाली मौलिक नौमती बाजा, वालुङ, आर्यतारा, धिधिया, भाटु, साकेला, सोरठी, हुट्केली नृत्य, थकाली लोकगीत र राष्ट्रिय गीतको प्रस्तुत गरिएको छ ।