वार्ताको एजेन्डा तय गर्न ३२ सय जेनजी भर्चुअल बैठकमा

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका हुन् । संसद विघटन हुनुपर्ने, संसद विघटनको कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्षको हुने र एक जना व्यक्ति बढीमा दुई कार्यकाल वा ८ वा १० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने लगायतका बुँदाहरूमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

 

छलफलमा उनीहरूले अब कसरी अगाडि बढ्ने रु शासकीय स्वरूप कस्तो हुने रु कार्यकारीको शासन अवधि कति हुने रु भन्ने लगायतका विषयमा छलफल गरिरहेका छन् ।

उनीहरूले वार्ताका लागि कसलाई पठाउने, नेतृत्वमा कसलाई अगाडि बढाउने,संसद विघटनपछि अबको कति अवधिमा निर्वाचन हुने लगायत एजेन्डाहरू बनाउन भर्चुअल छलफलमा जुटेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *