म्याग्देमा फूलको क्रान्ति: महिलाहरुको आत्मनिर्भरताको नयाँ बाटो

आर्थिक प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौ । म्याग्दे गाउँपालिका–४ का महिलाहरू गाउँपालिकाको ७५% अनुदान पाएपछि सयपत्री फूल खेतीमा लागेका छन्। छिम्केश्वारा चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध २३ जना महिलाले ६ रोपनी जग्गामा सामूहिक खेती गरिरहेका छन्।

 

अध्यक्ष जितमाया रानाका अनुसार, तरकारी खेतीमा रहेका यी महिलाहरूले पहिलोपटक फूल खेती गरेका हुन्। तिहारका लागि फूल उत्पादन भइसकेको छ, जसको मूल्य प्रतिकिलो रु ३०० र प्रतिमाला रु १५० रहेको छ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलाहरूलाई उद्यमशील र आत्मनिर्भर बनाउन विगत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *