काठमाडौं । जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
आन्दोलनका क्रममा घाइते भएका २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार आन्दोलनमा एक हजार ३३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ७ सय १३ जना उपचारपछि डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ ।