स्वार्थ समूहको अपाकृतिक गठबन्धन सरकारकै कारण जनताको आक्रोशले चरम रुप लियो

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रुपमा तपाई हाम्रासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो ।’

सरकारलाई सदन र सार्वजनिक कार्यक्रमहरूमा लगातार कठोर आत्मसमीक्षासहित सच्चिन बारम्बार आग्रह गरे पनि कुशासनका शृङ्खला जारी नै रहेको कारण जनतामा वितृष्णा फैलिएको उनको आरोप छ ।

 

केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा आफूले संसद्को रोष्टमबाट गठबन्धनको सरकार जुन उदेश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको समेत प्रचण्डले स्मरण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *