शीतल निवास पुगे प्रधानसेनापति

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सोमबारबाट सुरु भएको जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता देशको सुरक्षा नेपाली सेनाले गरिरहेको छ ।

 

जेनजीहरुले संसद विघटन गरेर पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीलाई अन्तरिम सरकार नियुक्त गर्नुपर्ने माग गरिरहेका छन् । बिहीबार रातभर प्रधानमन्त्रीमा प्रस्तावित कार्की, प्रधानसेनापति सिक्देल र राष्ट्रपति रामचन्द्र पौडलबीच भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको छ । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ ।

संसद विघटन गर्न राष्ट्रपति सहमत छैनन् । सोही विषयमा आज पुन वार्ता गर्न सेना प्रमुख राष्ट्रपति निवास पुगेका हुन् । केहि बेरअघि जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ पनि राष्ट्रपति कार्यालय पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *