स्नो रिभर्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय

आर्थिक समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । स्नो रिभर्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ ।

स्नो रिभर्सले ताप्लेजुङ जिल्लामा १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ जलविद्यत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका छन् । सुपर काबेली खोला ‘ए’ बाट उत्पादित विद्युत् २०८१ साल पुस ५ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ ।

 

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

स्नो रिभर्सले चुक्ता पुँजी ७५ करोड रुपैयाँ (करसहित) हुन आउने ३ करोड १५ लाख ७८ हजार ९४७ रुपैयाँ नगद लाभाग वितरण गर्ने भएको छ ।

स्नो रिभर्सले १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको जानकारी दिएको छ। कम्पनीले सेयर निष्कासन गर्न सम्पूर्ण तयारी पूरा गरी नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन पेश गरिसकेको पनि जनाएको छ।

सुपर काबेली खोला ‘ए’ लाई सुख्खायाममा पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि काबेलीको सहायक आम्जि खोलाको पानी पनि आयोजनाको मुख्य हेडरेस पाइपमा मिसाएर सुख्खायामको कन्ट्रयाक्ट इनर्जी परिपूर्ति गर्ने गरी चालु आवभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको स्नो रिभर्सका अध्यक्ष मोहनविक्रम कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *