एक करोडको कारोवारसंगै तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ सम्पन्न

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौ । पाँच दिने ‘ तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ ’ एक करोडको कारोवारसंगै शनिबार सम्पन्न् भएको छ ।

 

नर्सरी व्यवसायी संघ नेपालले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा ‘ आयोजना गरेको तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ ’शनिबार एक करोडको कारोवारसंगै ३५ हजार बढीले अवलोकन गरेको
एक्सपो संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिनुभयो ।

 

एक्स्पो अपेक्षा गरेभन्दा धेरेले अवलोकन गरेकाले नर्सरी ब्यवसायीहरुमा उत्साह थपिएको सयोजक महर्जनले बतउनुभयो । तिहार फ्लोरा एक्स्पो २०८२ को समापन कार्यक्रममा पुग्नुभएकी नायिका मनिषा कोइरालाले परम्परागत रैथाने बिरुवाहरुको जगेर्ना गर्न र प्रदर्शन सुझाउनु भयो ।चर्चित नायिका मनिषाले बाताबरण कति महत्त्वपूर्ण हुन्छ भन्ने कोभिडको बेला आफुले भोगेको अनुभव समेत नर्सरी व्यवसायीहरुसग साट्नुभयो।

संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आगामी एक्स्पोमा परम्परागत स्थानीय रैथाने नर्सरी बिरुवाहरुलाई समेत प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । व्यवसायायीहरुलाई प्रोत्साहन गर्न घर घरमा राखिएका नर्सरी तथा फुलहरुलाई पनि आगामी दिनमा प्रतिस्पर्धा गराउने अध्यक्ष तिमिल्सिनाले बताउनु भयो। कार्यक्रममा पुर्व बाताबरण मन्त्री गणेश शाहले बतावरण जोगाउ अभियानमा सबैले साथ दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा एक्स्पोमा ६२ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ४ वटा स्टल तथा प्रतिश्पर्धाको ४ वटा स्टल समेत गरी जम्मा ७० वटा स्टल रहेको थियो ।

कार्यक्रममा व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण ९ पत्रद्वारा पुरस्कृत गरिएको छ । एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोट विरुवाहरु प्रदर्शनी तथा विक्री र वितरणको लागि राखिएको थियो । , साथै एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल राखिएको थियो ।

एक्स्पोको प्रवर्द्धन पुष्प विकास केन्द्र र वनस्पति विभागले गरेको थियो । नर्सरी ब्यवसायीसंघले तिहार लक्षित तिहार फ्लोरा एक्सपो र चैत्रमा हर्टीकल्चर एक्सपो गरी बर्षमा २ वटा मेला नेपाली उत्पादन प्रबद्र्धनको लागि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *