जेन-जी पुस्ताद्वारा नेपाली इतिहासकै महान आन्दोलन: अध्यक्ष साह

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाण्डौ । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जेनजी पुस्ताद्वारा नेपाल इतिहासकै महान आन्दोलन हुनुको साथै गत भाद्र २३ र २४ गते भएको जेन्जी पुस्ताको विद्रोहले मुलुकमा विगत ३६ वर्ष देखि जरा गाडेर केही दलहरु आलोपालो प्रथामा चलिरहको भ्रष्ट राजनीति सत्ता ढलेर पूर्व प्रधानन्यायधिश शुशिला कार्कीको नेतृत्वमा नयाँ अन्तरीम सरकार गठन हुनुमा जेनजी पुस्ताको उपलव्धि रहेको धारण राखेका छन् ।

नेपाली जनता दलले आइतबार पत्रकार सम्मेलन मार्फत विज्ञप्ति जारी गर्दै भनेको छ- जेन्जी विद्रोहको क्रममा शहिद भएकाहरुलाई उचित क्षतिपुर्ति र घाईतेहरुलाई सम्पूर्ण खर्च व्यहोरी उपाचर पछि पनि पूर्ण रुपमा स्वास्थ्य नभएका घाईतेहरुको हेरचाहरको जिम्मा नेपाल सरकारले लिनुपिर्ने धारणा राखेका छन् ।

अध्यक्ष साहका अनुसार नेपालको इतिहासको यस्तो महान क्रान्तिकारी जेन्जी पुस्ताको माग पुरा गर्न २०७२ को संविधान टेकेर भएपनि अन्तरीम संविधान वनाएर स्वच्छ निर्वाचन प्रणाली लागु गर्दै संघ र प्रदेशको निर्वाचन गराउनुका साथै स्थानीय सरकारमा स्वतन्त्र वुध्दिजिवीको उपस्थिति गराउनुपर्ने माग गरेका छन् ।

अध्यक्ष साहले जेन्जी विद्रोहलाई नेपालको राजनीतिको ऐतिहसिक मोड भाएको बताउँदै संसद मात्र होइन, प्रदेश र स्थानीय सरकार पनि तत्काल विघटन गर्नुपर्ने धारणा राखेका छन्।
विज्ञप्तिमा भनेको छ “जेन्जी को विद्रोहले परिवर्तन सम्भव बनाएको छ। अब संसद विघटन गरेर मात्र हुँदैन, प्रदेश सभा र स्थानीय सरकार पनि तत्काल विघटन गरी सबै तहको निर्वाचन एकैपटक हुनुपर्छ। अन्यथा भ्रष्ट दल र तिनका नेताले यस आन्दोलनको मागलाई तुहाउनेछन्,”।
विज्ञप्तिमा थप भनिएको छ अन्तरीम संविधान मार्फत अव नेपालकाको विकासका लागि जेन्जी पुस्ता मात्र होईन आज सम्मका सयौं शहिदको समपना साकार गर्न सबै नेपाीको साथ सहयोग  पाउन समेत अपील गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *