एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै ,ओलीलाई नेतृत्व छोड्न बढ्यो दबाब

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । शनिबार बस्ने भनिएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित भएको थियो । शुक्रबारदेखि सुरु भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजेदेखि ओलीको भक्तपुरस्थित निवास गुण्डुमा बस्दैछ ।

शुक्रबार बसेको बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले  लिखित रुपमै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

बैठकमा अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने माग बढेपछि दबाबमा रहेका छन् । सचिवालयका अधिकांश सदस्यले ओलीले पद छोड्नुपर्ने माग गरेका छन् । १९ सदस्यीय केन्द्रीय सचिवालयमा हाल १८ जना रहेका छन् । जसमा ओलीको पक्षमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा सचिव पदमा अर्याल मात्र देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *