टी-२० विश्वकप छनोटः नेपालको रोमाञ्चक जित, यूएई १ रनले पराजित

खेलकुद प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप तथा एसिया छनोटको सुपर सिक्सको पहिलो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।

आज (आइतबार) भएको खेलमा नेपालले यूएईलाई एक रनले पराजित गरेको हो । १४१ रनको मध्यम लक्ष्य पछ्याएको यूएईले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनायो ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।

सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन ।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *